Logo
Logo

सोमबार राष्ट्रिय शोकको घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने


630
Shares

काठमाडौं । सरकारले विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

सरकारले सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्