
काठमाडौं । सहसचिव नारायण भट्ट सचिव पदमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।














