Logo
Logo

अष्ट्रेलियाले ड्रोन विशेषज्ञ टोली नेपाल पठाउँदै


0
Shares

काठमाडौं । विनाशकारी बाढीपछि नेपालको खोज तथा उद्धारमा सहयोग पु¥याउन अष्ट्रेलियाले ड्रोन विशेषज्ञ सहितको टोली नेपाल पठाउने भएको छ ।

अष्ट्रेलिया सरकारले १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली अन्तर्गत ड्रोन विशेषज्ञहरू नेपाल पठाउन लागेको अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङले जानकारी दिइन् ।

उनका अनुसार टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसमेत रहनेछन् ।

टोली आगामी केही दिनमा नेपाल आउनेछ । उनीहरूले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरी तीव्र गतिमा नक्सांकन तथा तस्बिर संकलन गर्नेछन् ।

यसबाट नेपाली अधिकारीहरूलाई खोज तथा उद्धार अभियान सञ्चालन गर्न सहयोग पुग्ने अष्ट्रेलिया सरकारले जनाएको छ ।

भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि ३८ जना अष्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

उनीहरूको अवस्थाबारे जानकारी लिन अष्ट्रेलियाली अधिकारीहरूले नेपाल र चीनका सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्