Logo
Logo

बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोट पुगे ओली


315
Shares

काठमाडौैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन् ।

ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित नुवाकोटको बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् ।

भदौ १० गते बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति पु¥याएको छ ।

बाढीका कारण नदी किनारका बस्ती, सडक तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढीबाट भएको क्षतिको अवस्था बुझ्न तथा प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न ओली स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्