Logo
Logo

भदौ २२ र २३ गते राहदानी विभागका सेवा बन्द नहुने


126
Shares

काठमाडौं । राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

सरकारले सार्वजनिक बिदा दिएको भएपनि विभागले शुक्रबार सूचना जारी गर्दै भदौ २२ र २३ गते राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्