
काठमाडौं । रसुवा बाढीपछि उद्धार तथा विपद् राहत कार्यमा सहयोग पु¥याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ ।
चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने जानकारी दिएको छ ।
दूतावासले भनेको छ, ‘चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पु¥याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचनाहरू निरन्तर उपलब्ध गराउनेछ ।’
यससँगै चीनले चीन–नेपालको केरुङ–रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।














