
काठमाडौं । भदौ १० गते आएको रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो ।
उपचाररत दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । तर, मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।














