Logo
Logo

पहिरोले चमेलिया नदी थुनियो, भटारका १५ परिवारलाई सुरक्षित स्थानमा सारिँदै


0
Shares

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ । निरन्तरको वर्षासँगै आएको ठुलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन् ।

पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बगिसकेको छ भने बस्तीसमेत जोखिममा परेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए । हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको बताइएको छ । तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको उनले बताए ।

जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय र उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको छ । घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी पुगिसकेको र थप क्षति हुन नदिन तथा उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्