Logo
Logo

इरानी तीन तेल ट्याङ्करमा अमेरिकी आक्रमण


378
Shares

काठमाडौं । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुई युद्धपोतलाई क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले तीनवटा इरानी कच्चा तेल बोकेका ट्याङ्करमा आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

The current image has no alternative text. The file name is: iran.jpg

सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्न सक्ने विध्वंसक युद्धपोतले इरानबाट भएका ‘धेरै अप्रेरित आक्रमण’ सफलतापूर्वक छल्न सफल भएको जनाएको थियो ।

इरानबाट भएको आक्रमणको प्रयासपछि अमेरिकी सेनाले खार्ग द्वीपको तट तथा जास्कनजिकै एमटी डाउनी र एमटी स्टार्क–१ नामका दुई इरानी कच्चा तेल ट्याङ्कर ध्वस्त पारेको सेन्ट्रल कमान्डले जनाएको छ । ओमानको खाडीमा रहेको अर्को खाली ट्यांकरलाई समेत सञ्चालन गर्न नसक्ने बनाइएको थियो ।

आक्रमणमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको सेन्ट्रल कमान्डले जनाएको छ । अमेरिकी सेनाका अनुसार ती तीनवटै ट्याङ्कर इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र उसका सहयोगी समूहलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको अर्बौँ डलरको गोप्य तेल सञ्जालको हिस्सा थिए । 

सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले अमेरिकी सेनाले आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्न कुनै हिचकिचाहट नगर्ने बताएका थिए । आवश्यक परे इरानको ‘खुला र सीमित’ तेल ढुवानी सञ्जाललाई समेत नष्ट गर्न सक्ने उनको भनाइ थियो ।

यसअघि इरानले खार्ग द्वीपनजिकै फारसको खाडीमा रहेको इरानी तेल ट्याङ्करमाथि अमेरिकाले आक्रमण गरेको आरोप लगाएको थियो । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको र ट्याङ्करका चालकदललाई सुरक्षित स्थानमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्