Logo
Logo

अस्ट्रेलियाका प्रधानमन्त्रीले भने : नेपालीले यो पीडा एक्लै बोक्नुपर्दैन


0
Shares

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार त्यहाँको संसद्‌मा सम्बोधन गर्दै उनले नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला नेपाली जनताले यो पीडा सबैले बोक्नुनपर्ने बताएका हुन् । उनले सङ्कटको यस घडीमा अस्ट्रेलियाली सरकार र जनता नेपालीहरूको साथमा रहेको बताए । 

The current image has no alternative text. The file name is: aus.jpg

उनका अनुसार हिमनदी भत्किएर आएको बाढीले सीमाको दुवैतिर विनाश मच्चाए पनि सबैभन्दा बढी असर नेपालले बेहोर्नुपरेको छ । बाढीका कारण धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ र जीविकोपार्जन गुमाएको उल्लेख गर्दै उनले प्रभावितहरू गम्भीर पीडामा रहेको बताएका छन् ।

धेरै मानिस अझै अनिश्चितताबिच बाँचिरहेको र हराएका व्यक्तिहरू सकुशल भेटिने आशामा रहेको उनको भनाइ थियो । उनले भने, ‘नेपालमा आएको बाढीका कारण घरबारविहीन भएका, प्रियजन गुमाएका र पीडामा परेकाहरूप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ ।’ बाढीमा परि ३६ अस्ट्रेलियाली पनि बेपत्ता छन् । उनीहरूका परिवार र साथीहरूप्रति सम्पूर्ण अस्ट्रेलियालीको साथ र समवेदना रहेको उनले बताए ।

सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुरा गरेको स्मरण गर्दै अस्ट्रेलियाको तर्फबाट यस विपत्तिबाट प्रभावित सबै नेपालीप्रति गहिरो समवेदना व्यक्त गरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्