
काठमाडौं । त्रिशूली-३ बी आयोजना स्थलमा आएको बाढीपछि बेपत्ता भएकाहरूको उद्धार तथा खोजी कार्यमा ढिलाइ भएको भन्दै आफन्तहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
बेपत्ता आफन्तहरूको तस्बिरसहितका प्लेकार्ड बोकेर उनीहरूले सरकारसँग तत्काल प्रभावकारी खोजी तथा उद्धार कार्य अघि बढाउन माग गरेका हुन् ।
बाढी आएको १३ दिन बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था र खोजी तथा उद्धार कार्य कहाँसम्म पुगेको छ भन्नेबारे सरकारले स्पष्ट जानकारी नदिएको उनीहरूको गुनासो रहेको छ । लामो समय बितिसक्दा पनि बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि नबढ्दा आफूहरू थप पीडित र अन्योलमा परेको उनीहरूको गुनासो छ ।















