Logo
Logo

रास्वपा सभापति लामिछाने र अमेरिकाका विदेशमन्त्री रुबियोबिच टेलिफोन वार्ता


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टेलिफोनमार्फत कुराकानी भएको छ । 

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालका जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले  जनाएको छ । 

सभापति लामिछानेले नेपाल सरकारले जारी खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराए । नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि नेपाल समान रूपमा प्रतिबद्ध रहेको उनले विदेशमन्त्री रुबियोलाई बताए ।

सो क्रममा लामिछानेले यस कठिन परिस्थितिमा अमेरिकी सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे । विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन संयुक्त राज्य अमेरिका तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्