Logo
Logo

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध


315
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी-जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । 

The current image has no alternative text. The file name is: mahakali-sadk.jpg

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको  पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए । पहिरोका कारण  यातायात सेवा  प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्