Logo
Logo

सरकारले विदेशसँग माग्यो उद्धार सामग्री


315
Shares

काठमाडौं । नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको लागि एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण तथा सामाग्री अन्तर्राष्ट्रिय समुदायसँग मागेको छ ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण तथा सामाग्री माग गरिएको जनाएको हो ।

“मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र खोज, उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न अन्य सरकारी निकायहरूसँगको समन्वयमा जारी प्रतिकार्य कार्यलाई सुदृढ बनाउन आवश्यक थप उपकरण तथा सामग्री पहिचान गरी माग गरेको छ,” परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल माग गरेको अत्यावश्यक उपकरण तथा सामाग्रीमा उच्च क्षमताका बेली ब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि चल्ने ड्रोन, पोर्टेबल जेनरेटर, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशालाका फ्रिजर, र हिलो/सुरुङ उद्धार पोसाक लगायत छन्।

“यी मागहरू सम्बन्धमा औपचारिक रूपमा सम्बन्धित अन्तर्राष्ट्रिय साझेदारहरूलाई पत्रमार्फत जानकारी गराइएको छ । आवश्यक सहयोग समयमै परिचालन गर्नका लागि समन्वय भइरहेको छ,” परराष्ट्र मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्