Logo
Logo

राहत सामग्रीसहित नुवाकोट जाँदै देउवा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि स्थलगत मार्ग हुँदै आज बिहान ९ बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ । 

The current image has no alternative text. The file name is: deuwa-5.jpg

बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता–कार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्