Logo
Logo

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बिहीबार) बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो ।

The current image has no alternative text. The file name is: nepali-congress.jpg

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । 

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, संसद्मा पार्टीले खेल्नुपर्ने भूमिका र आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुनेछ। बैठकमा पार्टीका तर्फबाट संसद्मा प्रस्तुत हुने एजेन्डाहरू र सरकारका कामकारबाहीबारे समेत समीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्