Logo
Logo

१८औँ ब्रिक्स शिखर सम्मेलनका लागि भारत पुगे पुटिन, सी पनि जाँदै


126
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रवार भारतको नयाँ दिल्ली पुगेका छन् ।तीन दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पुटिन र मोदीबिचको भेटमा व्यापार, ऊर्जा, रक्षा र आर्थिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । रक्षा सहकार्यअन्तर्गत एसयू-५७ लडाकु विमान र ब्रह्मोस क्षेप्यास्त्रसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ । 

The current image has no alternative text. The file name is: modi.jpg

यसैबिच, चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारत पुग्ने छन् । चीनको विदेश मन्त्रालयले सीले सेप्टेम्बर १२ देखि १३ सम्म नयाँ दिल्लीमा हुने सम्मेलनमा सहभागी हुने जनाएको छ ।

सीको भारत भ्रमण सन् २०२० को गलवान झडपपछि पहिलोपटक हुँदै छ । उनी सन् २०१९ पछि पहिलोपटक भारत जान लागेका हुन् । सम्मेलनका क्रममा सी र मोदीबिच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ । दुई नेताबिच सीमा विवादसँगै व्यापार, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुन सक्नेछ ।

भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ । नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा हुने सम्मेलनमा ११ सदस्य राष्ट्रका नेताहरू सहभागी हुँदै छन् । व्यापार, ऊर्जा, प्रविधि, आर्थिक सहकार्य र विश्वव्यापी शासन प्रणालीमा सुधारलगायत विषय सम्मेलनका मुख्य एजेन्डा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्