Logo
Logo

चार उद्योगी तथा व्यवसायीसँग प्रधानमन्त्रीको छलफल


378
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल सहभागी रहेको सचिवालयले जनाएको छ ।

मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ ।

सचिवालयका अनुसार सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्