Logo
Logo

सरकारलाई खगेन्द्र सुनारको प्रश्न- जुत्ता-मोजा खाने आईजीपीमाथि कारबाही कहिले हुन्छ ?


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि अनुसन्धान गर्नुपर्ने विषय पुनः संसदमा उठाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उलने आईजीपीमाथि अनुसन्धान नभएको भन्दै सरकारमाथि नै प्रश्न उठाए ।

‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजा खाइदिएको आरोप उनी (आईजीपी) माथि लागेको छ । करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ?’, सुनारले प्रश्न गरे, ‘उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ, यो सम्मानित सदनमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, योबारेमा सचेत हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्