Logo
Logo

‘राज्य खोज्दै बबिता अस्पताल पुगिन्, तर राज्य उनीसम्म पुगेन’


0
Shares

काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद तोसिमा कार्कीले सप्तरीको राजविराजमा एक महिला सडकपेटीमा सुत्केरी भएको घटनामा सरकारको ध्यनाकर्षण गराएकी छिन् ।

शुक्रबारको बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गजेन्द्रनारायण सिंह अस्पतालमा पर्साहीकी बबिता पासवानलाई भर्ना नलिएको घटना संसदमा उठाएकी हुन् । उनले बबिता राज्य खोज्दै अस्पताल पुगे पनि राज्य बबितासम्म नपुगेको बताइन् ।

‘राज्य खोज्दै बबिता अस्पताल पुगिन् । तर राज्यको सेवा बबितासम्म पुगेन,’ उनले भनिन् । सांसद कार्कीले हरेक गर्भवतीसम्म राज्य पुग्नुपर्ने बताइन् ।

‘हरेक गर्भवतीसम्म राज्य पुगोस् र भनोस् चिन्ता नलेऊ बबिता म तिम्रो साथमा छु । तिमीलाई केही पनि हुँदैन बबिता राज्य तिम्रो साथमा छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्