Logo
Logo

वर्तमान सरकार लामो समय टिक्दैन : ओली


252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार धेरै लामो समय नटिक्ने बताएका छन् । आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारहरुको ज्ञापनपत्र बुझ्ने क्रममा अध्यक्ष ओलीले सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएको भन्दै यो धेरै लामो समय नटिक्ने बताएका हुन्।

एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि सङ्घर्ष नछाड्ने ओलीको भनाइ छ । ‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो’, उनले भने, ‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ ।’

ओलीले अबको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम लामो समयका लागि टिक्न नसक्ने भन्दै राणा र शाही शासनको उदाहरण दिए । ‘अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र संकिर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्