Logo
Logo

रसुवा बाढीले ७ स्वास्थ्य संस्था प्रभावित हुँदा साढे २३ करोडको क्षति


0
Shares

काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा चार स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको, दुई प्राथमिक स्वास्थ्य सेवा केन्द्र र एक अस्पतालमा आंशिक क्षति पुगेको उल्लेख छ ।

प्रतिवेदनअनुसार सात स्वास्थ्य संस्था प्रभावित हुँदा २३ करोड ६६ लाख रुपैयाँबराबरको क्षति भएको छ । भौतिक संरचनामा १९ करोड ५० लाख क्षति पु¥याएको छ भने ४ करोड १६ लाखको स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

आंशिक क्षति पुगेको अस्पतालमा ६ करोडको र पूर्ण रुपमा क्षति पुगेका ४ स्वास्थ्य चौकीमा ७ करोड ८ लाख लाख क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै २ प्राथमिक स्वास्थ्य संस्थाको ५ करोड २ लाख क्षति पुगेको छ।

प्रतिवेदनले स्वास्थ्य संस्था पुनर्निर्माण गर्न ७८ करोड रकम आवश्यक पर्ने जनाएको छ। ६ महिनासम्म तत्कालीन पुनस्र्थापनाका लागि १२ करोड ५ लाख रकम आवश्यक पर्ने र दीर्घकालीन पुनस्र्थापनाका लागि ६५ करोड ५ लाख रकम लाग्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्