Logo
Logo

ओमानको तटमा भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला


315
Shares

काठमाडौं । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो ।

The current image has no alternative text. The file name is: omanko-tat.jpg

हमलामा परेका मध्ये १३ जनालाई सुरक्षित उद्धार गरिएको छ । बाँकी एक जनाको अवस्था अज्ञात रहेको जनाइएको छ । भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको बताएको छ । बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि ओमानी अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको जनाएको छ । 

विदेश मन्त्रालयले क्षेत्रीय तनाव तत्काल कम गर्न तथा शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक माध्यम अपनाउनसमेत आग्रह गरेको छ । भारतले क्षेत्रीय तनाव घटाउँदै शान्ति पुनर्स्थापना गर्न र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्नसमेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्