Logo
Logo

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो


189
Shares

काठमाडौँ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज  बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । 

The current image has no alternative text. The file name is: pm-office-1.jpg

त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।

राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्