काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन् । भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते भारत भ्रमणका जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाल–भारत सहकार्य र भोटेकोसी विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्ने जनाइएको छ । अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा रहनेछन् ।
भारत रहँदा उनी द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने उनले भारतका विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता तथा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालीका रहेको छ ।















