
काठमाडौं । न्याय परिषद्ले जिल्ला तथा उच्च अदालतमा न्यायाधीशहरू नियुक्ति तथा सरुवा गरेको छ । परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गरेको छ ।
त्यस्तै कास्कीका जिल्ला न्यायाधीश हिमलाल बेल्बासे उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त भएका छन् ।
१५ जना जिल्ला न्यायाधीशहरूको सरुवा गरिएको छ । सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाल कैलाली जिल्ला अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।















