Logo
Logo

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, अरु कसलाई कति ?


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभापति पदको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क तोकेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ जारी गर्दै वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेदवार बन्नका लागि आवश्यक मापदण्ड ताेकेकाे हाे ।

केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन निर्देशिकालाई सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ । कांग्रेस सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यससँगै उम्मेदवारी दर्ता गर्दा ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यसैगरी, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेदवार सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्नेछ। केन्द्रीय सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ ।

यस्तै, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ । कांग्रेसले प्रदेश सभापतिका लािग २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ । वडा सभापतिका लागि लागि पनि १ हजार शुल्क लाग्नेछ भने वडा उपसभापति, सचिव, सहसचिवका लागि ७ सय, सदस्यका लागि ५ सय र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्