Logo
Logo

मकवानपुरमा ईभी दुर्घटना, चार जनाको मृत्यु, चार घाइते


189
Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मंगलवार दिउँसो करिव २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ८ जना सवार ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिव १ हजार मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालक घाइते भएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको तथा एक महिलालाई हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरु चालक बाराका अमिर अन्सारी र यात्रु बाराकै बबियाकुमारी यादव बाहेक अन्य मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्