
काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।
त्यस्तै आजै बिहान ४ः२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।















