Logo
Logo

माइतीघरमा टेन्ट राखेर धर्ना बसेकालाई प्रहरीले हटायो


315
Shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि टेन्ट राखेर धर्ना बसेकाहरूलाई प्रहरीले हटाएको छ । राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भन्दै प्रहरीले ती टेन्टहरू हटाएको हो ।

रातिको समयमा राखिने टेन्ट हटाइए पनि दिउँसो माइतीघरमा हुने विरोध कार्यक्रम तथा प्रदर्शनहरूमा भने रोक नलगाइएको प्रहरीले जनाएको छ ।

केहि समयअघि माइतीघर परिसरमा धर्ना बसेकाहरुले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेपछि प्रहरीले रातको समय माइतीघर परिसरमा उनीहरुलाई नबस्न भनेको थियो । तर, रातका समयमा माइतीघरमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह नमान्नेहरुलाई आज बिहानै हटाइएका हुन् ।

प्रतिक्रिया दिनुहोस्