
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
बैठकमा मन्त्रिपरिषद्को नियमित कामकारबाही र सामयिक विषयमा छलफल हुने शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।















