Logo
Logo

कृष्णभीरमा सडक निर्माण सम्पन्न, भोलिदेखि दुईतर्फी गाडी चल्ने


126
Shares

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने असोज १ गते (भोलि) देखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुने छ ।

प्रधानमन्त्री वालेन शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताएका थिए । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम सुरु गरेको थियो ।

फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेका छन् । अहिले पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन भइरहेका छन् । भोलि बिहानदेखि भने दुईतर्फी यातायात सञ्चालन गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्