Logo
Logo

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, ३ कम्प्युटर जले


315
Shares

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो ।

मुद्दा फाँटका २० र २१ नम्बरमा आगलागी हुँदा तीनवटा कम्प्युटर जलेका छन् । यसअघि यही भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो । यस्तै गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी गरिएको थियो ।

त्यसपछि सर्वोच्च अदालत नयाँ भवनमा सञ्चालन गरिएको हो । नयाँ भवनमा पनि दुईपटक आगलागीको घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस्