Logo
Logo

दिल्ली पुगे अर्थमन्त्री वाग्ले


315
Shares

काठमाडौं। अर्थमन्त्री डा। स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।

The current image has no alternative text. The file name is: wakle-3.jpg

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल-भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न द्विपक्षीय भेटवार्ता तथा छलफलमा सहभागी हुनेछन् ।

उनले भारतका व्यवसायी, नीति निर्माता तथा आर्थिक क्षेत्रका सरोकारवालासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सम्बन्ध विस्तार तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्