Logo
Logo

कर्णाली प्रदेशका पूर्वमन्त्री शाहीको निधन


945
Shares

काठमाडौं । कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा कांग्रेस नेता हिमबहादुर शाहीको ७७ वर्षको निधन भएको छ । हृदयाघात भएपछि अस्पताल भर्ना भएका शाहीको बुधबार राति कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बुडेली निवासी शाही ‎२०३६ को जनमत सङ्ग्रहताका बहुदलीय प्रजातन्त्रको पक्षमा भएको जनजागरण अभियानमा सहभागी भएका थिए । शाही कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रभावबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।

शाही २०४६ सालको जनआन्दोलनताका ५१ दिन हिरासत बसेका थिए । २०४९ सालमा जिल्ला विकास समिति दैलेखको सभापति बनेका शाही ०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेश सभा सदस्य भएर मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्