Logo
Logo

‘राष्ट्रिय सेवा दल विधेयक’ राज्य व्यवस्था समितिबाट पारित


189
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ ।समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए ।

समितिको प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेस गर्ने तयारी छ । प्रतिवेदनलाई अन्तिम रूप दिन उनले समिति सचिवलाई निर्देशन दिए । समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ ।

समितिले दीपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्