Logo
Logo

भदौको करदाता प्रोत्साहन विजेता घोषणा, दुई जनाले पाए १० लाख


441
Shares

काठमाडौं । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एकरलाख नगद उपहार घोषणा गरेको हो । 

The current image has no alternative text. The file name is: kardata.jpg

विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा यो महिना बाढीका कारण मासिक घोषणा गरिएको हो । विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान किनेका ग्राहकले १० लाख उपहार जितेका छन् । अर्कोतर्फ सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाख उपहार जितेका हुन् ।  अन्य ३१ जनाले  एकएक लाख उपहार जितेका हुन् । 

प्रतिक्रिया दिनुहोस्