Logo
Logo

गगनले बोलाएको बैठकमा देउवा पक्षका को–को नेता सहभागी छन् ?


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । सभापति गगन थापाले बोलाएको देउवा पक्षीय नेता सम्मिलित बैठक केहि बेरअघि सुरु भएको हो ।

बैठकमा १४औँ महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका र गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका केही नेता आजको केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका हुन्।

जसमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने सहभागी छन्। त्यस्तै किरण यादव, नैनसिंह महर, ज्ञानेन्द्रबहादुर कार्की, गोविन्द भट्टराईसहितका नेता बैठकमा सहभागी छन् ।

देउवा समूहले छुट्टै महाधिवेशनको मिति घोषणा गरेका बेला उनीहरू भने संस्थापनतर्फ लागेर बैठकमा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्