काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन निकट भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

आफूहरू प्रधानमन्त्रीको मुख्य सल्लाहकार निकट व्यक्ति रहेको र इजरायलको केयर गिभरमा पठाइदिने भन्दै ठगी गर्ने दुईजनालाई नियन्त्रणलाई लिइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
सन् २०२४ मा लिएको परीक्षामा सम्मिलित मध्ये गोलाप्रथाबाट मौका नपाएका १५६ जनलाई ठगी गर्ने रामेछापका भरत चौलागाई र दोलखाकी बालिका सिवाकोटीलाई पक्राउ गरिएको हो । उनीहरूले इजरायल पठाइदिने भन्दै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ असुल गरेका थिए । पीडितहरूबाट २ करोड ५० लाख ठगी गरेको अभियोगमा उनीहरूलाई सीआईबीले नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि बेइमानीपूर्वक ठगी गरेको कसुरअन्तर्गत कारबाही अघि बढाइएको छ ।















