Logo
Logo

अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण-विद्युत् महसुलको भ्याट फिर्ताबारे छलफल भएको छैन


378
Shares

काठमाडौं । विद्युत् महसुलमा दिइएको भ्याट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति उनको सचिवालयले आपत्ति जनाएको छ ।

The current image has no alternative text. The file name is: wakle.gif

सचिवालयले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त विषयमा कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको छ ।

विद्युत् भ्याटसम्बन्धी विषयमा अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राखेको धारणाअनुसार उपभोक्तालाई राहत दिने तथा विषयलाई थप सहजीकरण गर्ने सम्बन्धमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको सचिवालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000