Logo
Logo

सरकारलाई सर्वोच्चले सोध्यो भरत दाहाल पक्राउको कारण


567
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग लेखक भरत दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको हो । दाहाललाई अदालतमा उपस्थित गराउन समेत सर्वोच्चले भनेको छ । दाहाल गत आइतबार (असोज ४) मोरङको बेलबारीबाट पक्राउ परेका थिए । उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा विवादास्पद अन्तर्वार्ता दिएपछि पक्राउ परेका थिए । उनको बन्दीप्रत्यक्षीकरण रिटमा सरकारको जवाफ आएपछि सर्वोच्चको संयुक्त इजलासबाट छाड्ने वा नछाड्ने विषयमा निर्णय हुने छ ।

प्रतिक्रिया दिनुहोस्