Logo
Logo

धनगढी उपमहानगरको सडक निर्माणमा चरम लापरवाही


- दृष्टि न्युज/संवाददाता


वीरेन्द्र रावल, धनगढी । सवारी साधनहरु गुड्नका लागि बनाइएका त्यसैमा पनि पक्की सडकको बिच भागमा हरिया रुखहरु होलान भन्ने कुराको कल्पना कमैले गरेका हुन्छन् । यदि त्यस्तो अवस्था कहिं कतै छ भन्ने कुरा सुन्नमा आएको खण्डमा अच्चम्म मान्नु पर्ने अवस्था छैन , धनगढी उपमहानगरपालिकाको वडानम्बर १३ कैलाली गाउँदेखि दक्षिण वडानम्बर ४ संग जोडिएको भगवती टोलमा हालै निर्माण सम्पन्न भएको सडकलाई हेर्दा त्यसको ज्वलन्त उदाहरण देख्न सकिन्छ ।

सडक निर्माणका नाममा धनगढी उपमहानगरपालिकाले गरेको चरम लार्पवाहीका कारण सडक दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ भने उपमहानगरपालिकाको अदुरदर्सिताको कारण सडकमा सवारी साधनहरु निर्वाध रुपले गुड्न सक्ने अवस्था समेत देखिदैन ।
धनगढी उपमहानगरपालिका वडानम्बर १३ देखि दक्षिण वडानम्बर ४ उत्तर बेहेडीलाई जोड्ने सो सडक खण्डमा दर्जर्नौं सुखा र हरिया सालका रुखहरु पर्ने भएतापनि तीं रुखहरु नहटाईकनै सडक पिच गर्ने कार्य भएको देखिन्छ ।
विकासका नाममा सरकारी रकमलाई सहि ठाउँमा सदुपयोग नगरि जथाभावि रुपमा हचुवाको भरमा सडक कालो पत्रे गर्ने कार्य सस्तो लोकप्रियताका लागि गरिएको बताउनु हुन्छ— वडानम्बर १३ का युवा समाजसेवी मदन रेग्मी ।
रेग्मीले भन्नु भयो– पक्की सडकका बिचमा डिभाईडर जस्ता हरिया साल का रुखहरु समेत छन् । तीं रुखहरुको वरीपरि पिच गर्ने कार्य भएको छ । सामान्य रुपमा पनि पक्की सडक निर्माण गर्दा कानुनी प्राव्धानलाइै पूर्ण रुपले पालना गरेरै गर्नु पर्ने भएतापनि त्यसो नहुनु दुखदायी कुरो भएको बताउनु हुन्छ — रेग्मी । धनगढी उपमहानगरपालिका वडानम्बर ८ क्याम्पस रोड देखि पूर्व बेहेडाबाबा जाने सडकमा शिवगंगा नदि सम्मको सडकमा पनि दर्जनौं रुखहरु भएतापनि सो बाटोपनि पक्की निर्माणका नाममा ठूलो रकम अनियमितता भएको आरोप स्थानीयको रहेको छ ।
धनगढी नगरपालिकाको विभिन्न वडाहरुमा विना वातावरणीय प्रभाव मूल्यांकननै नगरिकन सडकहरु विस्ता गर्ने र रुखहरु भएका स्थानबाट बाटो लैजाने कार्यले ठूलो समसया देखा परेको देखिन्छ ।
शहरको मुख्य सडकको अवस्था अस्तव्यस्त भएका बेला नगरका विभिन्न भित्रि सडकहरु निर्माण गर्दा सम्म दिर्घकालिन सोच नपुगाएर सडक निर्माण गर्दा धनगढी उपमहानगरपालिकाको सडकको अवस्था कुरुप बन्दै जान थालेकोछ । धनगढी उपमहानगरपालिकाको जुगेडा देखि घुईयाघाट ,मनेहरा, जाली ,जाई, हुँदै मटेयारी आउने सडक र क्याम्पस रोड देखि उत्तर पश्चिम भएर धुर्जन्ना मुक्त कमैया शिविर जाने सडक र तारानगर कैलाली गाउँ अनि उत्तर बेहेडी क्षेत्रलाई जोड्ने सडकमा सयौंको संख्यामा रुखहरु सडकमा पर्ने गरेको भएतापनि धनगढी नगरपालिकाले सरोकारवाला निकाय संग आपसी समन्वयनै नगरेर हतार हतारमा सडक निर्माण गर्दा समस्या देखा परेको बताईन्छ ।
यस बिषयमा धनगढी उपमहानगरपालिकाका प्रमूख नृप बहादुर वडको फरक धारणा रहेको छ । प्रमुख वडले भन्नुभयो, हामीले जिल्ला वन डिभिजन कार्यलय संग पटकपटक आग्रह गर्दा सम्म हाम्रो कुरालाई सुनुवाईनै गरिएन । तीन पटक सम्म शहरी विकास डिभिजन कार्यालय धनगढी र जिल्ला वन डिभिजन कार्यालयलाई आग्रह गर्दा सम्म पनि नगरपालिकाको आग्रहलाई आनाकानी गरिएका कारण सडक निर्माण गर्दा बिच सडकमा रुख छोड्नु पर्ने अवस्था आईलागेको हो । नगर प्रमूख वडले भन्नु भयो— जिल्ला वन डिभिजन कार्यालय कैलालीको असहयोगका कारण सडक निमार्णमा समस्या देखा परिरहेको छ । नगर प्रमूख वडका अनुसार नगरका एक दर्जनको संख्यामा सडकहरु निर्माणका क्रममा समस्या देखा परेका छन् । नगर प्रमूख वडले भन्नु भयो— नगरपालिकाको धैर्यताको बाँध टुटन लागि सकेको छ । वनले अनुमति नदिएको खण्डमा म आफै रुख काट्न तयार हुने छुँ बरु जेल जानु परेपनि । जिल्ला वन डिभिजन कार्यालय कैलालीका प्रमूख अमर बहादुर बुलनले भन्नुभयो, धनगढी उपमहहानगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गर्ने, सडकको डिपिआर तयार गर्ने र स्वयं नगरपरिषदबाट सडकमा पर्ने रुखहरु हटाउने सम्बन्धमा सामान्य पनि पहल नचालेका कारण समस्या सृजना आएको हो । तपाईहरुले रुख हटाउन पहल गथर्नु भएन भने नगरप्रमूख आफैले रुख कटानी गर्ने धम्धी दिंदै हुनुहुन्छ नी भन्ने जिज्ञाशामा वन डिभिजन प्रमूख बुलनले भन्नु भयो— त्यो उहाँले कसरी भन्नु भयो , उहाँको बिषय भयो । हामी त नियमनकारी निकाय हो । वनज ऐनले दिएको अधिकारको सहि सदुपयोग गर्ने हो ।
वन डिभिजन कार्यालयका कैलालीका प्रमूख बुलनले धनगढी नगरका विभिन्न स्थानहरुमा २ सय ८४ वटठा रुखहरु सडकमा परेको तथ्यााक आफु संग रहेको बताउनु भयो । सडकको आईईई गरेर त्यसको डिपिआर सहित आएको खण्डमा मात्र रुखहरु कटानी गर्न दिईन सक्ने सम्भावना रहेको पनि बुलनले बताउनु भयो ।
सुदूरपश्चिमकै अस्थाई राजधानी धनगढीमा भएको अवस्थामा पनि मुख्य सडक देखि लिएर शाखा सडकहरु निर्माण गर्दाका बखत उचित ध्यान नपुगाइएका कारण समस्या झन विकराल बन्दै गईरहेको गुनासो आम धनगढीबासीहरुको रहेको छ । धनगढी उपमहानगरपालिकाले सडक निर्माणमा गरेका समस्ूया र अवैज्ञानिक कार्यको तत्काल अन्त्य गरिनु पर्ने माग स्थानीय बासिन्दाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्