
कलाकार बन्ने रुचिले सुस्मिता कुँवरलाई डडेल्धुरादेखि डोहो¥याउँदै काठमाडौँसम्म ल्याइपु¥यायो । काठमाडौँले उनलाई थिएटरदेखि सिनेमासम्म पु¥यायो । उनले छोटो समयमा नै दर्जनौँ देउडा गीतको म्युजिक भिडियो गरेकी छिन् । पछिल्लो समय चलचित्र र थिएटरमा निकै व्यस्त रहेकी उनै कलाकार सुस्मिता कुवँरसँग रेजिना पाण्डेको जम्काभेट :
तपाईँ अभिनित नाटक ‘श्री बिज्जो भूत’ मण्डला थिएटरमा लागिरहेको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हो, आश्विन ६ गतेबाट हाम्रो नाटक मण्डला थिएटरमा लागिरहेको छ । यो नाटक आश्विन २५ गते घटस्थापनाको दिनसम्म चल्ने छ । यो नाटकमा मैले मुख्य ‘गौरी’ को भूमिका निभाउने मौका पाएको छु । आजको मितिसम्म नाटक हेर्नेको बाक्लो भीड छ । नाटकले प्रशंसा पनि पाइरहेको छ ।
यो कस्तो नाटक हो ?
यो नाटकले सुदूरको कथा बोकेको छ । गाउँको पीडा, सपना र संघर्ष अनि आफ्नै माटोको आवाज बोकेको कथा हो । यसमा सुदूरपश्चिमको भाषा, संस्कृति मिसिएको छ । त्यहाँका मान्छेहरुले भोग्ने गरेको पीडा देखाइएको छ ।
‘श्री बिज्जो भूत’ भनेको चाहिँ के हो नि ?
डडेल्धुरामा श्री बिज्जो भूतलाई देवताजस्तै मान्छन् । श्री बिज्जो भूतको अगाडि कसैले गलत गर्न सक्दैन भन्ने पुरानो मान्यता रहिआएको छ ।
कलाकारिताको यात्रा कसरी सुरु भयो ?
मलाई सानैदेखि सिनेमा नायिका बन्ने ठूलो इच्छा थियो । त्यही इच्छाले नै डडेल्धुरादेखि काठमाडौँ आएँ । मण्डला थिएटरमा ‘एक्टिङ’ सिकेँ । कथा घेराबाट सडक नाटकहरु गरेँ होला । ‘सक्किगो नि’ टेलिसिरियल गरेँ । यसरी नै कलाकारिताको यात्रा सुरु भएको हो ।
अहिलेसम्म के–केमा काम गरिसक्नुभयो ?
सुदूरपश्चिमको देउडा म्युजिक भिडियो ६० वटाभन्दा बढी गरँे । ‘सक्किगो नि’ टेलिसिरियलमा एक वर्ष काम गरेँ । आधादर्जन जति नाटक गरेँ । दुईवटा चलचित्रमा अभिनय गरेँ । अरुमा पनि काम हुँदैछ । ‘शीरमा रानी अक्षता’ मेरो चलेको नाटक हो ।
यत्तिमै तपाईँको सपना पूरा भयो त ?
भर्खर एक वर्ष त भयो काठमाडौँ आएको । सपना पूरा हँुदैछन् । काम आइरहेका छन् । गर्दै जाने हो, सपना पूरा भैहाल्छ नि ।
तपाईँ अभिनित दुई चलचित्रहरु कहिले प्रदर्शनमा आउँदैछ ? यसमा तपाईँलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?
मैले अभिनय गरेका चलचित्र ‘चिरञ्जीवी’ र ‘रातो घेरा’ हो । चिरञ्जीवीमा साधारण केटीको भूमिका छ भने रातो घेरामा ‘नेगेटिभ’ भूमिका छ । ‘रातो घेरा’ मंसिरमा र ‘चिरञ्जीवी’ माघ/फागुनतिर प्रदर्शनको तयारीमा छ । हेरौँ, कस्तो हुन्छ ?
यी चलचित्रहरुबाट सफल हुनेछु जस्तो लागेको छ ?
मेरो कामले राम्रै प्रशंसा पाउनेमा ढुक्क छु । यी दुवै चलचित्रबाट म आशावादी छु । काम भनेकै सफलता पाउनका लागि गर्ने कुरा हो, मन लगाएर गरेको काम अवश्य सफल हुन्छ ।
अध्ययन के हुँदैछ ?
स्नातक चौथो वर्षमा पत्रकारिता विषय लिएर पढिरहेको छु । पढाइ र कलाकारितालाई सँगसँगै लिएर जाँदैछु ।
यस क्षेत्रमा लाग्न परिवारबाट सहयोग पाउनुभएको छ ?
परिवारको सहयोग राम्रो छ । परिवारको सहयोगले नै काम गर्ने अवसर मिलेको हो । जुनसुकै काममा पनि सबैभन्दा पहिला परिवारको सहयोग खाँचो पर्छ । परिवारको सहयोग भयो भने हामी जस्तो महिलाले जस्तोसुकै चुनौती पनि पार लगाउन सक्छौँ । महिलामा आत्मविश्वास बलियो हुन्छ, त्यसैले महिलाहरु कला क्षेत्रमा पनि सफल र अब्बल देखिएका छन् ।













