Logo
Logo

स्तन क्यान्सर सचेतनाको लागि र्‍याली गर्दै रक्षा क्यान्सर केयर


0
Shares

काठमाडौँ। ‘पिंक अक्टोबर’ अर्थात् स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर रक्षा क्यान्सर केयर सोसाइटीले आगामी असोज २४ गते शनिबार काठमाडौँमा जनचेतनामूलक र्‍याली आयोजना गर्ने भएको छ।

विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउने महिनाका रूपमा मनाइने गरिएकाले सोसाइटीले पदयात्रा (र्‍याली) आयोजना गर्न लागेको अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन्।

सोसाइटीका अनुसार असोज २४ गते शनिबार बिहान ७:०० बजे भृकुटीमण्डपमा भेला भई सुरु हुने र्‍याली हनुमानढोका दरबार क्षेत्र पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ। आयोजकले सहभागीहरूलाई ‘पिंक टी-सर्ट’ लगाएर उपस्थित हुन अनुरोध गरेको छ।

विश्वमा क्यान्सरजस्तो घातक रोगको जोखिम बढ्दै गइरहेको र त्यसमा पनि स्तन क्यान्सर अग्रस्थानमा रहेको उल्लेख गर्दै सोसाइटीले समयमै पहिचान र उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुनसक्ने जनाएको छ। क्यान्सरबाट हुने मृत्यु रोक्ने प्रमुख माध्यम नै जनचेतना भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्