काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो।

सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन्। तर, प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिहरूको विवरण खुलाएको छैन। भोलि पत्रकार सम्मेलनमार्फत उनीहरूबारे जानकारी दिने प्रहरीको भनाइ छ।













