Logo
Logo

पक्राउ परेका कांग्रेस उम्मेदवारसहित ५ जनाविरुद्ध संगठित कसुरमा पनि अनुसन्धान


441
Shares

काठमाडौं । केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो । सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानको क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रुपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर पनि लगाएको छ ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।

यो प्रकरणमा सीआईबीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का छन् ।

यो समूहले नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सललाहकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्