Logo
Logo

भोटेकोशी बाढी अपडेट : १ हजार ४५८ जनाको शव फेला


126
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मङ्गलवार बिहानसम्म १ हजार ४५८ जनाको शव फेला परेको छ । 

The current image has no alternative text. The file name is: bhotekoshi-badhi-1.jpg

जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५६ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि शवका १ हजार ३ सय ३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । जसमध्ये १ हजार ३ सय १२ वटा शवहरूको र २ हजार ७५ आफन्तहरूको गरी कुल ३ हजार ३ सय ८७ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय ३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्