Logo
Logo

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक मंसिरमा सर्यो


252
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ । यहि कात्तिक १३ र १४ गतेका लागि बोलाइएको बैठक आगामी मंसिर ५ र ६ गते बस्ने गरी सारिएको हो ।

पार्टी अध्यक्ष कबिर सोपका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने सूचना जारी गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बैठक सारिएको हो । प्राधिकरणको सूचनाअनुसार सतर्कता अपनाउनुपर्ने अवस्था देखिएकाले बैठकको मिति परिवर्तन गरिएको उनले बताए ।

मंसिर ५ र ६ गते बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने पार्टीले जनाएको छ । बैठकले निर्वाचनको रणनीति तय गर्नुका साथै उम्मेदवार छनोटसम्बन्धी मापदण्ड र प्रक्रिया निर्धारण गर्ने तयारी गरेको छ ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार कसरी छनोट गर्ने, उम्मेदवारीका आधार र मापदण्ड के हुने तथा चुनावी रणनीति कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्