Logo
Logo

राजनीतिक दलमा आवद्ध ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दलमा जिम्मेवारी लिएका तीन सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस गरेको छ ।

सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा पार्टीमा उजुरी परेपछि कानुनी कारबाहीका लागि रास्वपाले सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो । रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ ।’

बुर्लाकोटीका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । यद्यपी, उनले संस्थान र ती कर्मचारीको नाम भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्