Logo
Logo

देश ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको संकेत देखियो : बाबुराम भट्टराई


1.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: baburam.jpg

उनले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कँदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अङ्गमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।

त्यस्तै, बढ्दो प्राकृतिक विपत्ति, युवाको निरन्तर विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दै गएको निराशाले पनि सङ्कटको संकेत गरिरहेको उनको भनाइ छ । भट्टराईले देशले अब कुनै पनि बहानामा अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर हुन आग्रह गरेका छन् । उनले सकारात्मक योगदान गर्न सक्नेले योगदान गर्न र नसक्नेले नकारात्मक काम नगर्नसमेत अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालयरप्रशासनरप्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको संकेत गर्छ ! अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैसक्दैन! सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौँ ! सक्छौँ, सकारात्मक योगदान गरौँ१ सक्दैनौँ, नकारात्मक काम नगरौँ !’

प्रतिक्रिया दिनुहोस्